
वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले आफनो सेवा सुबिधाको रकम बाट मितेरी पुलको मर्मत सम्भार गराएका छन । संघिय सांसद यादवको निजि खर्चमा सिमावर्ती भारतीय शहर रक्शौललाई जोडने वीरगञ्ज रक्शौल मितेरी पुलको मर्मत सम्भार गरिएको हो ।
जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका सांसद यादवले भारत तथा तेस्रो मुलुकबाट स्थल मार्ग हुदै नेपाल प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज रक्शौललाई जोडने मितेरी पुलको अवस्था दिन प्रति दिन जर्जर हुदै गएको देखेर आफनो निजि खर्चमै भएपनि मर्मत सम्भारको कामहरु गराएको बताए ।
दैनिक सयौको संख्यामा मालबाहक गाडी तथा इन्धन बोकेको टयांकर ओहोर दोहोर गर्ने मितेरी पुल जर्जर हुनुको साथै सडक समेत विग्रीएका कारण ठुलो दुर्घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दे मर्मत सम्भार गराएको सांसद यादवकाे भनाइ छ ।
सरकारले कर मात्र लिने गरेको छ यस ठाउबाट दैनिक सयौ मालबाहक गाडी तथा पेट्रोलियम पदार्थ बोकेको टंयाकरहरु यही बाटो प्रयोग गरेर आउने जाने गरेका छन तर वर्षौ देखी कुनै पनि किसीमको मर्मत सम्भार गरिएको छैन मितेरी पुलको सांसद यादवले भने । नेपाल तथा भारत दुबै देशका सुरक्षाकर्मीहरुको उपस्थितीमा मर्मत सम्भारको कामहरु गराइएको सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले जानकारी दिएका छन् ।





