August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

बाँके निकुञ्जका ३५४ वटा जनावर सवारी दुर्घटनामा मारिए

बाँके, बाघको संरक्षण गर्ने उदेश्यले स्थापना गरिएको    बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तु मैत्री नहुँदा ३५४ वटा जनावरले दुर्घटनामा ज्यान गुमाएको छ ।

विगत सात बर्षको अवधीमा बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटनाका कारण ३५४ वटा वन्यजन्तु मारिएको निकुञ्जका सुचना अधिकारी महेश न्यौपानेले बताएका छन् ।

उनका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा २४, २०७२/०७३ मा ५०, २०७३/०७४ मा ८३, २०७४/०७५ मा ७२, २०७५/०७६ मा ३२, २०७६/०७७ मा ६३ र २०७७/०७८ को हालसम्म ३० वन्यजन्तु सडक दुर्घटनामा मारिएका छन् ।

राजमार्ग वन्यजन्तु मैत्री नहुँदा वन्यजन्तुको मृत्यु हुने क्रम जारी रहेको जनाउँदै न्यौपानेले आहारा तथा पानीको कमीका कारण वन्यजन्तु निकुञ्ज बाहिर आउने गर्दा सडक पार गर्ने क्रममा दुर्घटनामा पर्ने गरेको बताए ।

निकुञ्ज भित्र रहेको सडकमा गुड्ने यातायातका कारण दुर्घटनामा परेर वन्यजन्तुको ज्यान जान थालेपछि यातायातको गति ४० किलोमिटर प्रतिघण्टा निर्धारण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले बताए ।

शीर्ष समाचार

धेरै पढिएको