July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

गोरु पाल्ने कृषकलाई हलो अनुदानमा दिने

तनहुँ, तनहुँको बन्दीपुर गाउँपालिकाले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ । गोरु विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको गाउँपालिकाले जनाएको हो ।

पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि गाउँपालिकाले यो अभियानलाई अघि बढाएको छ ।

गाउँपालिकाले मिनी ट्रिलरका लागि २० लाख, कुटानीपिसानी मिलका लागि पाँच लाख, कृषि टनेलका लागि तीन लाख र हलोका लागि तीन लाख बजेट विनियोजन गरेको छ ।

कृषि उत्पादनको माध्यमबाट गाउँपालिकाको आर्थिक अवस्था सुधार्ने उद्देश्यले कृषकलाई गाउँपालिकाको ५० प्रतिशत सहयोगमा कृषि सामग्री वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको