March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

सफलताको कुञ्जी: रिसबाट आफुलाई टाढा राख्नुहोस्

चाणक्यको नीतिले भन्छ व्यक्ति कहिल्यै रिसाउनु हुँदैन । क्रोधमा, व्यक्तिले राम्रो र नराम्रो बीचको भिन्नता बिर्सन्छ र क्रोधमा, कहिलेकाँही उसले यस्तो कदम चाल्दछ जुन आफैलाई हानिकारक हुन्छ भने अरूलाई पनि समस्यामा पार्छ । त्यसकारण रिसाउनबाट बच्ने प्रयास गर्नुपर्छ ।

गीताका शिक्षाहरूमा पनि भगवान् कृष्णले अर्जुनलाई रीसबाट टाढा रहन सन्देश दिएका छन् । विद्वानहरुका अनुसार योग्य व्यक्ति कहिल्यै क्रोधित हुँदैन । क्रोधमा व्यक्तिको चेतना नष्ट हुनुका साथै क्रोधमा व्यक्तिले कहिलेकाहीं यस्ता कदमहरू चाल्छ, जसले उसको जीवनलाई निकै हानी पुर्‍याउँछ ।

रिस व्यक्तिको सबै भन्दा ठूलो दुश्मन अर्थात शत्रु रहेको विद्वानहरुको भनाइ छ । जसबाट सकेसम्म टाढा रहनुपर्छ । रिसले अहंकार पैदा गर्छ । जसले मानिसलाई नष्ट गर्दछ । तसर्थ, एक व्यक्तिले यी अवस्थाबाट जोगिन प्रयास गर्नुपर्छ ।

रिसलाई कसरी नष्ट गर्ने

क्रोधबाट टाढा रहन प्रयास गर्नु धेरै महत्त्वपूर्ण हुन्छ किनकि क्रोधले भ्रमको स्थिति पनि ल्याउँछ । भ्रमले सम्बन्धलाई असर गर्छ नै साथै मानव स्वभाव क्रोधमा परिवर्तन हुन्छ । जसको फलस्वरूप सबैजना तपाईबाट डराउन थाल्छन् । व्यक्तिले दूरी बनाउँछन ।
व्यक्तिहरू हर समय क्रोधित व्यक्तिबाट टाढा रहन उचित ठान्छन् । जुन व्यक्तिले धर्म जानेको बुझेको हुन्छ, जसले मानव जीवनको उपयोगिता बुझ्न सक्छ उनीहरु रिसबाट टाढा रहन सक्ने विद्वानहरुको भनाई छ ।

शीर्ष समाचार

धेरै पढिएको