July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता जारी

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच हाल भेटवार्ता जारी छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलगत्तै अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित उनकै निवासमा पुगेका हुन् ।

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच हाल छलफल भइरहेको प्रचण्डनिकट स्रोतले जनाएको छ ।  उनीहरुबीच समसामयिक राजनीतिक परिस्थितिका साथै अब कसरी अगाडि बढ्ने भन्नेमा छलफल भइरहेको छ । 
 

शीर्ष समाचार

धेरै पढिएको