August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

ललिता निवास प्रकरण: बिशेष अदालतद्वारा विजयको घरमा म्याद टाँस

काठमाडौं, विशेष अदालतले पूर्वउपप्रधानमन्त्री विजय गच्छदारको घरमै पुगी बालुवाटारको ललिता निवास जग्गा प्रकरणका विषयमा म्याद टाँस गरेको छ ।

विशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार उनको घरमा मान्छे फेला नपरेकाले घरको दैलोमा टाँस गरिएको हो ।


उनले भने, ‘म्याद टाँस गरिएको मितिले १५ दिन भित्रमा आउनुपर्छ र बयान दिनुपर्छ, थप १५ दिन थमौतिको म्याद गरेर ३० दिन भित्रमा उहाँ आएर बयान नदिए फैसला हुन्छ।’

अदालत कर्मचारीले सुनसरीस्थित उनको घरमा फागुन २३ गते म्याद टाँस गरेका हुन् । ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाई हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्ष माघमा विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको