July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने सो बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै आगामी रणनीति तय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

पछिल्लो राजनीतिक फेरबदलसँगै नयाँ सरकार गठन, ओलीको बर्हिगमन, त्यसका लागि दलहरुबीच भइरहेको वार्ता र समीकरणको प्रयासका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा ब्रिफिङ गर्ने छन् ।

शीर्ष समाचार

धेरै पढिएको