July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

रारा साहित्य प्रतिष्ठानद्वारा संयुक्त रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न: फाेटाे फिचर

काठमाडौं , रारा साहित्य प्रतिष्ठानद्वारा आयाेजित संयुक्त रचना वाचन तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । छोटो समयमा थुप्रै साहित्यिक कार्यक्रमहरू गर्दै आएक‍ो यस रारा साहित्य प्रतिष्ठानले फागुन २९ गते शनिबारका दिन राष्ट्रिय नाचघर जमल काठमाण्डौमा संयुक्त रचना वाचन तथा श्रष्टा सम्मान कार्यक्रम २०७७ सम्पन्न गरेको हाे ।

कर्णालीका बहुचर्चित लोकप्रिय गायक शुरेश शाही र राराको छेउमा फक्रिँदै गरेकी नवगायिका प्रतिमा रावलको सांगीतिक प्रस्तुति गरेकी थिइन् । गजलकार, निर्दोष क्षेत्री अतीत ,सजना वाइबा, प्रयत्ना वाइबा, सपना घिमिरे ,डिल्लीप्रसाद छत्कुली ,४/४ गजल सुनाएका हुन् ।

मुक्तककारहरु दिनेश पुन र नवराज बिष्ट ‘सफल’ ६/६ मुक्तक सुनाउनु भने कवितामा उमेश अवस्थी ‘आदर्श’ ज्युले २ कविता सुनाउनु भो यस कार्यक्रमका प्रमख अतिथि बरिस्ठ गजलकार ज्ञानुवाकार पौडेल स्वागत मन्तव्यमा प्रेमप्रकाश क्षितज र सञ्चालकमा प्रकाश बम पारिश्रमिक हुन् यश कार्यक्रम लाई महालक्ष्मी लाईफ ईन्सुरेन्स साखा ललितपुर , कबिराज शाहि मुगु,दिपक बानिया मुगु दल बहादुर बि सि मुगु गगन मल्ल मुगु, र दिपराज मल्लले सहयोग गरेेेेका हुन् ।

कला साहित्य र संस्कृतीको जगेर्नासँगै साहित्य मार्फत रारा र स्रष्टाका रचनालाई देश-विदेशसम्म पुर्याउने रारा साहित्य प्रतिष्ठानको अभियान निरन्तर हुने कुरा संस्थाका अध्यक्ष- दलु बुढा निश्चलले बताए ।

शीर्ष समाचार

धेरै पढिएको