September 25, 2021, Saturday
२०७८ आश्विन ९, शनिबार

महाशिवरात्रिमा पशुपति आएका साधुसन्तलाई आज बिदा गरिँदै

काठमाडौं, महाशिवरात्रिमा पशुपति आएका साधुसन्तलाई आज बिदा गरिँदैछ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले उनीहरुलाई एकसयदेखि १ हजार ५ हजार रुपैयाँसम्म दक्षिणा दिएर उनीहरुलाई बिदाइ गर्न लागेको हो ।


साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिने प्रचलन छ । महाशिवरात्रीको अवसरमा छिमेकी भारत लगायत विभिन्न ठाउँबाट यो पटक करिव दुई हजार साधुसन्त आएका छन् ।

गुठीको परम्परा अनुसार साधुहरुलाई दक्षिाणा दिएर उनीहरुको बिदाइ गर्न लागिएको हो । साधुसन्तहरुलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएकोमा केही वर्षयताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो ।

शीर्ष समाचार

धेरै पढिएको