September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

दैलेखमा मिनीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

दैलेख, दैलेखमा मिनीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहिवार कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका–१ टुईकुनामा मिनीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परि मृत्यु हुनेमा कालिकोटको भर्ती गाविस वडा नम्बर–९ का अन्दाजी ३८ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेको प्रहरीले जानकारी दिएको छ ।

कालिकोटदेखि सुर्खेतका लागि छुटेको ०२००१ ख २४७ नम्बर बस दुर्घटना भएको हो । १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुप श्रेष्ठले जानकारी दिएका छन् ।

१० जना मध्ये ७ जना घाइतेलाई एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको डिएसपी श्रेष्ठले बताए । बस राजमार्गबाट करिब ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १८ यात्री सवार रहको दिए ।