September 25, 2021, Saturday
२०७८ आश्विन १०, आईतवार

आज सेना दिवस: सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं ,आज सेना दिवस मनाइँदै छ । सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम बिहिबार, फाल्गुन २७, २०७७ काठमाडौं– मुलुकको प्रमुख सुरक्षा अंगको रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा आज मुलुकभर सेना दिवस मनाइँदैछ ।

सेनाका परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरुको साथै उच्च पदस्थ सरकारी कर्मचारीले सहभागी हुनेछन् ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्बभौमसत्ता रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा उदाहरणीय काम गर्दै आएको नेपाली सेनाले युद्धग्रस्त बिभिन्न देशहरुमा शान्ति स्थापनामा पनि निर्णायक भूमिका खेल्दै आएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको