August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ कामदार थपिदै

कास्की, निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणको काम सम्पन्न गर्न चीननाबाट थप कामदार आउने भएका छन् । यही मार्च महिना भित्र उनीहरू आउन लागेका छन् ।

विमानस्थल निर्माणका लागि हालसम्म ३२८ जना कामदारले काम गरिरहेका छन् । ती मध्ये १७७ जना नेपाली र १५१ जना चिनियाँ रहेका छन् ।

विमानस्थल निर्माणको अंतिम चरणमा बिभिन्न उपकरण जडान गर्नुपर्ने भएकोले अनुभवी कामदारबाट नै काम गर्नुपर्ने भएका कारण चिनियाँ कामदार थप्न लागिएको विमानस्थल परियोजना कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल परियोजना प्रमुख विनिस मुनाकर्मीका अनुसार, विमानस्थल परियोजनाको अन्तिम चरणको कामका लागि चाहिने ट्रान्सर्फमर, ग्लाइड पार्ट्स, थप स्काभेटर, इन्धन पाइप, केबल पाइप लगायत का विभिन्न सामग्री हरु खरिद गरिसकेको छ । थप चिनियाँ कामदार आएपछि ती उपकरण जडान गरिनेछ ।

शीर्ष समाचार

धेरै पढिएको