August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

चार सन्तानसिहत कर्णालीमा हाम फालेकी सुकी र छोरा ललितको शव फेला

दैलेख, आफ्ना चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबिस नगरपालिका– ३  निमायलकी सुकी बडुवाल र उनका १९ वर्षीय छोरा ललित बडुवालको शव मंगलबार कर्णाली नदीमा भेटिएको छ । 

दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठका अनुसार सोमबार साँझ दुई छोरी, वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको स्थान नजिकै उनीहरूको शव भेटिएको हो ।

उनले भने, ‘पाँच वर्षीया छोरी रजनी बडुवालको अवस्था अझै अज्ञात छ । गोताखोरको टोलीले शव भेटाएको हो । बेपत्ता एकजनाको भने खोजी भइरहेको छ ।’

यस्तै घटनाका विषयमा अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी वसन्तकुमार पन्तसहितको टोली घटनास्थलमा पुगेको र घटनाका विषय अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको