
प्रधानमन्त्री केपि शर्मा ओलीकाे समर्थनमा शुक्रबार चितवनमा पनि प्रदर्शन भएको छ । पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमै ठुलाे संख्यामा युवाहरुले प्रदर्शन गरेका छन् । युवा तथा विद्यार्थीका नाममा भरतपुरको चौबिसकोठीमा गरिएको प्रर्दशनमा ठूलाे संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।
पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला प्रधानमन्त्री ओलीको समर्थमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारबाद नेपाल छोड’ उत्खनन् गर्नु छ कैयौं खानी, फिर्ता गर्नुछ हाम्रो कालापानी’ जस्ता नारा अंकित प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए । सो क्रममा उनीहरुले सहभागीहरुलाई मास्क र ग्लोभ्स पनि वितरण गरेका थिए ।





