March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालकको मृत्यु

सांकेतिक तस्वीर

मोरङ, मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका-७ का २४ वर्षीय आशिष मग्रातीको सुनसरीको दुहबीस्थित एक उद्योगमा करेन्ट लागेर मृत्यु भएको हो ।

दुहबी–२ स्थित मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालक मग्रातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दुहबी सुनसरीका अनुसार
इलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाइते भएका उनको विराटनगरस्थित विराट अस्पताल उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको