August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

विभेदरहित संरचना निर्माण गर्ने कार्यभार बाँकी छ: वामदेव गौतम

काठमाडौं, सर्वोच्च अदालतद्वारा आइतबार खारेज गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार दिवसको अवसरमा विज्ञप्ती जारी गर्दै नेता गौतमले निर्णय तहमा समान अधिकारसहित विभेद अन्त्यको कामना गरेका हुन् । विज्ञप्तीमा भनिएको छ, “श्रमिक महिला आफ्ना हक अधिकार प्राप्तिको आन्दोलनमा संघर्षरत छन् । अहिले पनि पुरातन अवस्थाको समान कामको समान ज्याला कायम गर्न र विभेदरहित सामाजिक संरचना निर्माण गर्ने कार्यभार बाँकी छ ।” सन् १८८९ मार्च ८ मा अमेरिकाको सिकागो शहरमा भएको मजदुर विद्रोह आज १११ औं वर्षमा प्रवेश गरेको छ ।

पूँजीवादी व्यवस्थामा शोषण उत्पीडनका स्वरुपमा धेरै परिवर्तन भए पनि शोषण, दमन, उत्पीडन र विभेदसंगै महिला हिंसा बाँकी नै रहेकाले त्यसको अन्त्य आवश्यक रहेको नेता गौतमले चर्चा गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको