
बारा – बारामा आजदेखि सार्वजनिक स्थानमा मास्क अनिवार्य रुपमा प्रयाेग गर्नुपर्ने भनिएको छ । आजदेखि सार्वजनिक स्थानमा मास्क प्रयोग नगरेको पाईए ऐन अनुसार एक सय रुपैयाँ जरिवाना गरिने भएको छ। लकडाउन खुकुलो भएसगँ बजारमा चहल-पहल बढ्न थालेपछि कोरोना संक्रमणको त्रास समेत बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो।
आज देखि घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने समितिले जारी गरेको सुचनामा उल्लेख छ। अन्यथा संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले जानकारी दिनुभयो। यस्तै जिल्लामा पसल व्यवासाय सञ्चालन गर्ने व्यावसायिहरुले अनिवार्य मास्क र स्यानिटाईजरको प्रयोग गर्न, पसलमा आउने ग्राहकहरुलाई मास्क लगाउन प्रेरित गर्न तथा भिडभाड नगरि व्यवस्थापन समितिले सुचनामार्फत अनुरोध गरेकाे छ।







