April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पितृ शोक

  • 2
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपाका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पितृ शोक परेको छ ।

बाँस्कोटाका ९४ बर्षका पिता हरिप्रसाद बाँस्कोटाको मङगलबार साँझ ५:३० बजे मन्डनदेउपुर नगरपालिका ४ चैनपुरस्थित निवासमा मृत्यु भएको हो ।

उनका चार छोरा र तीन छोरी रहेका छन् । मृतक बाँस्कोटामा कुनै रोग नरहेको जनाइएको छ । उनको मन्डनदेउपुरस्थित चाखोलामा दाहसंस्कारको तयारी भएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको