April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

नेपाल पर्यटन बोर्डद्वारा बीबीसी मास्टरका साह सम्मानित

  • 15
    Shares

काठमाडौं, बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० को उपविजेता सन्तोष साहलाई मंगलबार नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ ।


नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल भएकाले उनको योगदान प्रति मन्त्रालयको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।


सचिव कोइरालाले नेपाली खानालाई सबै होटल तथा रेष्टुरेन्टमा ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता रहेको र युनेस्कोमा समेत दर्ता गर्नुपर्ने बताएका छन् ।

सेफ साहले नेपाललाई विश्व सामु चिनाउने कोसिस गरेको बताए । सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उनले खुशी व्यक्त गरे ।

शीर्ष समाचार

धेरै पढिएको