April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

चीनसँग काम गर्दा सावधानी अपनाउन चेतावनी

  • 24
    Shares

वासिङ्टन, अमेरिकन सरकारले आफ्नो देशमा कार्यरत कम्पनीहरूलाई चीनसँग कारोबार गर्दा सावधानी अपनाउन चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार चीनसँग व्यापार गर्दा ‘जबर्जस्ती श्रम’ गराएर फाइदा लिन नचाहेको सुनिश्चित गर्न कम्पनीहरूलाई सचेत गराइएको हो ।


यस सम्बन्धमा अमेरिकन ट्रेड रिप्रेजेन्टेटिभ कार्यालयले कंग्रेसलाई एक रिपोर्ट बुझाएको छ, जसमा, उत्पादन प्रक्रियामा जबर्जस्ती श्रम गराउनु मानव अधिकारको उल्लंघन हो र कम्पनीले यसको जिम्मेवारी लिँदै आफ्ना उत्पादन प्रक्रिया त्यस्तो नहोस् भन्नेमा दृढ हुनुपर्ने उल्लेख गरिएको छ ।

सोमबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले गलत तरिकाले व्यापार गर्ने चीनको प्रयासले आफ्नो देशका श्रमिक र व्यापारलाई नोक्सान पुग्ने भन्दै त्यसलाई रोक्न हरसम्भव प्रयत्न गरिने बताएका छन् ।

प्रतिवेदनमा भनिएको छ, “देश विदेशका उपभोक्तालाई त्यस्तो उत्पादन चाहिएको छैन, जसमा मानिसलाई जबर्जस्ती श्रम गराइएको होस्। र, योजनाबद्ध तरिकाले दमन गर्ने व्यवस्थासँग प्रतिस्पर्धा गर्नु मजदुरको हितमा छैन।”

प्रतिवेदनमा उइगर मुसलमान एवं अल्पसंख्यकको मानव अधिकार उल्लंघन सरकारका प्राथमिक काममध्ये एक हो भनिएको छ ।एजेन्स

शीर्ष समाचार

धेरै पढिएको