April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रधानसेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप

  • 3
    Shares

काठमाडौं, प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपाली सेनाका अनुसार उनले छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा खोपको पहिलो डोज लिएका हुन् ।

नेपालमा चार लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । नेपालले भारतबाट २० लाख डोज खोप किनेकोमा १० लाख डोज नेपाल आइसकेको छ ।

सुरुमा भारतले अनुदानमा भारतले १० लाख डोज खोप दिएको थियो। चीनले पनि नेपाललाइ ५ लाख डाेज खाेप दिने घाेषणा गरिसकेकाे छ । 

शीर्ष समाचार

धेरै पढिएको