April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

मेरो स्वास्थ्य परीक्षण पूरा भयो, पेटमा देखिएको नेट क्यान्सरग्रस्त छैन: बाबुराम भट्टराई

  • 3
    Shares
file photo

काठमाडौं, जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पेटमा देखिएको नेट क्यान्सरग्रस्त नभएको स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ”मेरो स्वास्थ्य परीक्षण पूरा भएको छ।डाक्टरहरूका अनुसार मेरो पेटमा देखिएकोNET क्यान्सरग्रस्त छैन।स्वास्थ्यवारे चासो/शुभेच्छा व्यक्त गर्नुहुने सबैलाई र विशेषत: डाक्टरहरू भारतका बिक्रम भाटिया,टी के चटर्जी र नेपालका निरज जोशी,सुवोध अधिकारी,बुलन्द थापा,लोचन कार्की,अजित खनाललाई धन्यवाद!”

शीर्ष समाचार

धेरै पढिएको