April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण

  • 1
    Share

काठमाडौं, काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण शुरु गरेको छ । जसका लागि कामपाले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ ।

ती सबै शिक्षकलाई प्रशिक्षण दिएर कक्षामा पठाउने कामपाको तयारी छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरुपमा १०० नम्बरको एक विषय स्थानीय तहले अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले नेपाल भाषालाई छनोट गरेको हो ।  

कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२  शिक्षक कामपाले आफ्नै स्रोत साधनबाट राख्न लागेको हो । यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ ।  

शीर्ष समाचार

धेरै पढिएको