April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

बिरगंजमा सर्वोतम सिमेन्ट र कन्ट्रक्सन ठेकदारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • 4
    Shares

बिरगंज, बिरगंजमा सर्वोतम सिमेन्ट र कन्ट्रक्सन ठेकदारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती बलियो सम्बन्ध सर्वोत्तम बिश्वासको” भन्ने मुल नाराका साथ सर्वोतम सिमेन्टले आइतबार बिरगंजमा पर्साका कन्ट्रक्सन ठेकदारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

पदम पार्टी प्यालेस बिरगंजमा सर्वोत्तम सिमेन्टकोबारेमा ठेकदारहरुलाई यसको गुणस्तर, मजबुती र अरु सिमेन्ट भन्दा फरक भएको र यसको क्वालीटिमा कुनै सम्झौता नगर्ने बताए ।

सर्वोतम सिमेन्ट उद्योग नेपालको नवलपरासी जिल्लाको सुनौलमा रहेको छ भने यसको स्थापना अक्टोबर २०१० मा भएको हो । हाल दैनिक ७० हजार बोरा सिमेन्ट उत्पादन हुँदै आईरहेको उक्त कम्पनीका जनरल मेनेजर सुभाष जानकारी गराएका थिए ।

त्यसै गरि कम्पनी ईन्जिनियर अभिषेक झाले उत्पादनदेखि लिएर उपभोक्तासम्म पुर्‍याउँदा र सिमेन्टको लागि चाहिने आवस्यक कच्चापदार्थ र विद्युत पनि आफ्नै उत्पादन गर्ने पहिलो कम्पनी भएको र त्यहाँ काम गर्ने हरेक व्यक्ती सक्षम र अनुभवी भएको हुदा सर्वोत्तम सिमेन्ट प्रयोग गर्न सुझाव दिएका थिए ।

सर्बोतम सिमेन्ट महिनाको १ लाख ५० हजार बोरा यस क्षेत्रमा बिक्रि भैइरहेको र आजको दिनमा ४० प्रतिशत वृद्धिमा गैइरहेको समेत बताए । अरु सिमेन्ट कम्पनीले गुनासो आए भने सुन्दैन भने सर्बोतम सिमेन्टबाट कुनै कम्प्लेन आयोभने ४८ घन्टा भित्र कुनै न कुनै निष्कर्षमा पुग्ने पनि बताए ।

सो कार्यक्रममा सर्वोत्तम सिमेन्ट कम्पनीका बिरगंज क्षेत्र बजार प्रतिनिधि राजिव कुमार गुप्ता, पर्सा जिल्लामा रहेका कन्ट्रक्सन ठेकदारहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको