April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

ईन्टरनेटको मुल्य घटाइने

  • 13
    Shares

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले इण्टरनेटको मूल्य घटाउने सम्बन्धमा अध्ययन गरिरहेको र निकट भविष्यमै त्यसको कार्यान्वयन गरिने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित क्यान महासंघको २७औं साधारणसभामा बोल्दै उनले इण्टरनेटको मूल्य कम गराउने विषयमा सरकारको प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘इण्टरनेट सेवा महँगो र कम प्रभावकारी भयो। त्यसलाई कम खर्चिलो र प्रभावकारी बनाउने विषयमा सरकारले गृहकार्य गरिरहेको छ ।’

इकमर्श, इएजुकेशन, इहेल्थ लगायत सबैको विकासका लागि डिजिटल नेपाल फ्रेमवर्क ल्याइएको बताउँदै उनले त्यसको प्रभावकारी कार्यान्वयनले देश विकासको नयाँ खाका कोर्ने धारणा राखेका थिए । ‘नागरिक एप त्यसैको एक कडी हो । हामी कागजरहित कार्यालय र भौतिक उपस्थितिरहित सेवाको लक्ष्य लिएर अघि बढिरहेका छौं,’ उनले भने ।

गाउँपालिकाका आफ्नै मोबाइल एप र वेबसाइट छन्, सरकार यस क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। मन्त्री गुरुङका अनुसार आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य, समय वचततथा सेवाग्राही तथा आमजनतालाई सुविधा दिनका लागि पनि डिजिटल विकासको विकल्प छैन ।

दूरसञ्चार सेवालाई प्रभावकारी बनाउने, गुणस्तरीय इन्टरनेट जस्ता कुरालाई सरकारले प्राथमिकतामा राखेको छ र दूरसञ्चार र इण्टरनेटको विकाससँगै सूचना प्रविधिका अन्य आयामहरु दुरदराजका गाउँसम्म पनि पुग्ने उनको भनाई छ ।

शीर्ष समाचार

धेरै पढिएको