April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

भोलिबाट केरुङ नाका पुनःसञ्चालन हुँदै

काठमाडौं, ल्होसारदेखि बन्द रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारबाट पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै केरुङ नाका भोलिदेखि खुल्न लागेको हो ।   

सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनः सञ्चालनमा आउन लागेको हो ।

“सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक÷दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने ।

यसअघि रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निक्कै मेहनत गर्नुपरेको थियो । 

शीर्ष समाचार

धेरै पढिएको