चैनपुरमा खानेपानीको हाहाकार, होटल व्यवसायी बढी मर्कामा

बझाङ, चैनपुरमा गत दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो ।
सदरमुकामलाई लक्षित गरेर तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ । लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन् ।
धारामा खानेपानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहर पानी पिउन बाध्य छन् । धारामा पानी नआउँदा सास्ती भएको होटल व्यवसायी हर्क बोहराले बताएका छन् ।
उनका अनुसार होटलमा आएका ग्राहकलाई हातमुख धुन र चर्पीमा प्रयोग गर्नका लागि बिहानै उठेर पानी बोक्नुपर्छ ।
धारामा पानी नआउँदा होटल व्यवसायी मात्र नभई सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएका र अध्ययनका लागि आएका विद्यार्थीलाई पनि निकै सास्ती भएको छ ।
प्रतिकृया दिनुहोस्