April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

बिरगंजमा नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न

  • 66
    Shares

बिरगंज, बिरगंजमा शनिबार नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । समुदाय – प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ बिरगंज र राईजिङ्ग बिरगंज नेपालको सन्युक्त आयोजना तथा मार्टिका आई फाउन्डेसन र बिरगंज डेन्टल क्लिनिक एन्ड ईम्पलान्ट सेन्टरको विशेष सहयोगमा नि:शुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भएको हो ।

उक्त आँखा शिविरमा ९० जना महिला र ४८ जना पुरुष गरि १३८ जनाले चेकजाँच गरेका थिए भने ६० जनामा मोतियाबिन्दु भएको र उनिहरुको केही दिनमा नि:शुल्क अप्रेसन (शल्यक्रिया) गरिने भएको छ । त्यसैगरि आजको दन्त शिविरमा १४ महिला र १९ पुरुष गरि ३३ जनाले चेकजाँच गरेका छन् ।

ताराचन्द किशन लाल आधारभुत विद्यालय छपकैया-२ को प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय सरावगीको प्रमुख आतिथ्यमा नि:शुल्क आँखा तथा दन्त शिविर संचालन भएको थियो ।

सो कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी, स्कुल व्यवस्थापन समितिका अध्यक्ष ताज मिया, मार्टिका आई फाउन्डेसनका डा. महेश सिंह धामी, बिरगंज डेन्ट्ल क्लिनिकका डा. रेयाजुल हक, पुर्व सहायक प्रधानाध्यापक बिधीचन्द्र सहनी, मिनाबजार सामुदायिक सेवा केन्द्रका सचिव ग्यासुदिन देवान, सामुदायिक सेवा केन्द्र छपकैया-२ का उपाध्यक्ष मो. अब्दुल हक, कोषाध्याक्ष प्रेम कुमारी सिंह, सदस्य अजित भुजेल, टीका प्रसाईं, अरुण गोयल, जेयाउल हक, प्रहरी सहायक निरीक्षक सन्जिव कुमार यादव, प्रहरी हवल्दार देवेन्द्र पटेल र प्रहरी जवान राजकुमार तामाङ लगायतका स्थानीयहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

यस्तै स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया-२ का सचिव प्रबिण बिक्रम शाहले र कार्यक्रम संचालन सदस्य अब्दुल कैशले गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको