कैलालीमा ३५ वर्षिय युवक मृत फेला

कैलाली, गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिएका छन् ।
मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताएका छन् । सो घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको बताइएको छ । मृत फेला परेका रानाको हत्या भएको हुनसक्ने सोही ठाउँका स्थानीयले आशंका गरेका छन् ।
प्रतिकृया दिनुहोस्