April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार

  • 2
    Shares

काठमाडौं, मस्तिष्कघातले स्वास्थ अवस्था गम्भीर  भएपछि नर्भिक अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

नेता जोशीको अझै होस भने आउन सकेको छैन । उपचारमा संग्लन डाक्टर राजीव झाका अनुसार शनिबार बिहान जोशीको अवस्थामा शुक्रबार भन्दा सुधार भएको जनाएको छ ।

नेता जोशीका दाजु राजु जोशीले बताए अनुसार डाक्टरले सो जानकारी परिवारलाई दिएका छन् । शुक्रबार दिउँसो प्रेससँग कुरा गर्दै डा. झाले जोशी बच्ने सम्भावना कायमै रहेपनि अवस्था अत्यन्तै जटिल रहेको बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको