April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

परिक्षा उत्तीर्ण गरेको एक महिनामा लाइसेन्स पाउने

  • 9
    Shares

काठमाडौं, यातायात व्यवस्था विभागले अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ ।

ठूलो सङ्ख्यामा मास प्रिन्टर को प्रयोग गरि एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने उक्त विभागले जनाएको छ । 

हाल तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख नाघेको छ ।

विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताएका छन् । उनका अनुसार यी कार्डको खरीद गर्न लागेको कम्पनीले अहिले थोरै सङ्ख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको