April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

बिरगंजमा जसपा सांसद यादवद्वारा नाला र ढलान सडकको शिलान्यास

  • 1
    Share

बिरगंज, जनता समाजवादि पार्टि (जसपा) का केन्द्रिय सदस्य एवम पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले नाला तथा ढलान सडकको शिलान्यास गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा न. ३१ कोन्हियामा निर्माण भइरहेको नाला तथा ढलान सडकको बिहिवार शिलान्यास गरेका हुन् । 

६२ लाख रुपैयाँ लागतमा निर्माण हुने ढलान सडक र नाला निर्माण योजनाको एक कार्यक्रमकाबिच शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले नाला निर्माणसँगै सडक निर्माण कार्यले गाउँको भौतिक स्वरुपनै परिवर्तन हुने बताउँदै आफुले जनताको सेवासंगै विकास निर्माण कार्यलाई मुख्य प्रथामिकता दिएको बताएका छन् ।

उनले आफ्नो संसदिय क्षेत्रमा रहेका गाउँटोलका नाला तथा सडक निर्माणहरुलाई विकास कार्यको प्राथमिकतामा राखेर अगाडि बढको बताए । शिलान्यास कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्रको हरेक ठाँउमा सडक पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, फरक प्रसङ्गमा बोल्दै जसपाका केन्द्रिय सदस्य समेत रहेकाअ नेता यादवले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गर्ने फैसला गरेर जनताको पक्षमा ऐतिहासिक फैसला गरेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको