April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

महामारीमा विदेशबाट रोजगार गुमाएर नेपाल फर्केकाहरु पुनः विदेशिदै

  • 24
    Shares
file photo

काठमाडौं, विश्वव्यापी महामारी कोभिड-१९ का कारण रोजगारी गुमाएर नेपाल फर्किएका युवा फेरि विदेशिन थालेका छन् । स्वदेशमा रोजगारीको अवस्था नपाएपछि नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य भएका हुन् ।

नेपाली श्रमिकको लागि आकर्षक गन्तव्य मानिएका खाडीका मुलुकमा कोरोना सङ्क्रमण दर क्रमशः घट्दै गएको र खोप लगाउन सुरु भएसँगै रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेको हो ।

यस्तै खसगरी नेपालीहरूको रोजाइमा खाडी मुलुक साउदी अरब, संयुक्त अरब इमिरेटस् (यूएई) कुबेत, बहराइन र मलेसिया लगायतका देश पर्ने गरेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत माघमा मात्रै १७ हजार ८८७ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ४५१ महिला रोजगारीका लागि विभिन्न देश गएका छन् भने १६ हजार ४३६ पुरुषले श्रम स्वीकृति लिएका छन् । कोरोना महामारीका कारण रोजगारी विदेशमा रोजगारी गुमाएर झण्डै तीन लाख नेपाली स्वदेश आएका छन् ।

सरकारले कोरोनाको विपद् सुरु हुँदा विदेशबाट फर्केका श्रमिकलाई नेपालमा नै रोजगारी दिने घोषणा गरेको थियो तर त्यसअनुसार रोजगारी सिर्जना हुन नसक्दा कोरोना त्रासकै बीचमा हजारौँ सङ्ख्याका नेपाली युवा वैदेशिक रोजगारीमा गएको माथिको तथ्याङ्कले देखाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको