April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

कोरियाका लागि कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा जीतेन्द्र महता नियुक्त

  • 696
    Shares

सउल, फाल्गुन १३ गते – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको दक्षिण कोरियाको लागि जितेन्द्र महतालाई नियुक्त गरिएको छ। बैतडी घर भएका महता विभिन्न संघसंगठनका जिम्मेवारी पदमा आबद्ध रहि कोरियामा विभिन्न कारणले समस्यामा परेकाहरुको उद्दार, सहयोग र परामर्श गर्दै थुप्रै सामाजिक कामका लागि रहात संकलन तथा उद्दारको लागि अग्रपंक्तिमा रहि महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन ।

महता हाल जनसम्पर्क समिति दक्षिण कोरियाका उपसभापति समेत रहेका छन् भने सुदूरपश्चिम समाजका पूर्व अध्यक्ष हुन । बैतडीको राजनीतिक भविष्यमा महत्वपूर्ण र आस लाग्दो युवाको रुपमा हेरिएका महता बैतडी जिविस पूर्व सभापति, विकसबादी नेता, दूरदर्शि र निष्ठावान वरिष्ठ समाजसेवी स्व. जयसिंह महताका सुपुत्र हुन ।

No description available.

महता स्थानीयस्तर, जिल्ला र प्रवासमा समेत राम्रो जनाधार भएका र केन्द्रीय नेताहरुको नजरमा पर्न सक्ने मिलनसार,कुशल संगठककारुपमा हेरिन्छन। कांग्रेस उप सभापति बिमलेन्द्र निधीको निर्देशन तथा विदेश क्षेत्र संयोजक गंगाधर गौतमको सुझाव अनुसार प्रा. पुरुषोत्तम दाहालको हस्ताक्षरमा नेपाली कांग्रेस पार्टीसंग आबद्ध बिदेश स्थित नेपाली जन सम्पर्क समितिहरूमा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्य गर्न गराउन हुन भनेर उनलाई नियुक्ति दिईएको छ।

शीर्ष समाचार

धेरै पढिएको