
दाङकी एक युवतीले फेसबूक लाइभमा आएर झुण्डिएर आत्महत्या गरेकी छिन् । अन्दाजी २३ वर्षीया युवतीले सलकाे पासो लागाएर आत्महत्या गरेकी छिन तुल्सीपुर उपमहानगरपालिका–५ रानीजरुवामा बस्दै आएकी अन्दाजी २३ वर्षीया एलिसा गौतमले पंङ्खामा सलकाे पासाे लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् ।
बुधवार राति फेसबूक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले ती युवतीले आत्महत्या गरेको पुष्टि गरे । युवतीले किन अात्मा हत्या गरिन भन्ने अझै खुलेकाे छैन ।





