April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

सर्लाहीको मलङ्गवामा सर्वोच्चको फैसलालाई स्वागत गर्दै विजय जलुस

सर्लाही, सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेसँगै बुधबार मुलुकका विभिन्न ठाँउमा विजय नारा, जुलुस र र्‍याली निकालिएको छ । यसै क्रममा सर्लाहीको मलङ्गवामा आज प्रचण्ड-नेपाल समुहका युवा नेता नबि राज खानको नेतृत्वमा विजय जुलुस निकालिएको थियो ।

उक्त जुलुस मलङ्गवा जि.वि.स. चोकबाट शुरु भई बालमन्दिर चोक हुँदै नगरपालिका चोकमा गएर कोण सभामा परिणत भएको थियो । संसद विघटन गर्ने सरकारको निर्णय सर्वोच्चले बदर गरेसँगै सम्पुर्ण जनताको जित भएको बताउँदै लोकतान्त्रको मान्यता राख्ने शक्तिको जित भएको जुलुसका युवा नेता खानले बताएका छन् ।

कोण सभालाई सम्बोधन गर्दै उनले भने, ” मुलुकमा ओली नेतृत्वको अन्त्य शुरु भएको र अब देशमा संघीयता धर्म निरपेक्षता र संविधान बमोजिम काम हुने छ । अब नयाँ युगको सुरुवात भएको छ ।”

शीर्ष समाचार

धेरै पढिएको