
प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन् । । मुटुमा समस्या देखिएपछि ओली अस्पताल पुगेका हुन् ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार अहिले उनको मुटु सम्बन्धी परीक्षण भइरहेको छ । चिकित्सकले प्रधानमन्त्री नियमित जाँचको लागि अस्पताल आएको बताएका छन् । प्रधानमन्त्री ओलीको २०७६ फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
६९ वर्षीय ओलीको त्रिवि शिक्षण अस्पतालमा झन्डै पाँच घण्टा लगाएर सफल प्रत्यारोपण भएको थियो । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी थिइन् । ओलीको ०६४ सालमा पहिलोपटक भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।





