February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

थप ११० जनामा कोरोना संक्रमण पुष्टि, १०२ जना डिस्चार्ज

  • 9
    Shares

काठमाडौं, मंगलबार नेपालमा थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको स्वास्त्तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ । गत २४ घण्टामा १०२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०६५ रहेको छ । पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै, हालसम्म ६५ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ४६ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको