March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

महोत्तरीमा ३० केजी गाँजासहित दुई भारतीय पक्राउ

  • 4
    Shares
सांकेतिक तस्वीर

महोत्तरी, महोत्तरीमा अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । जलेश्वर नगरपालिका–३ रातो पुल नजिकैबाट सोमबार राति करिब ३० केजी अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय बिजय पासवान र सोही ठाउँ घर भएका २० वर्षीय गुडु कुमार रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको