March 19, 2024, Tuesday
२०८० चैत्र ६, मंगलवार

बाह्रबिसेमा बलात्कार, हत्याहिंसा, भ्रष्टाचार र मुल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन

बाह्रबिसे, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा नेपाल विद्यार्थी संघले नारा जूलूस गरि विरोध प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघ शारदा माध्यमिक विद्यालय कक्षा १२ ईकाइ समिति बाह्रबिसेद्वारा बलात्कार, हत्याहिंसा, भ्रष्टाचार, मुल्यवृद्धिविरुद्ध सोमबार बिरोध र्‍याली निकालिएको हो ।

बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रको आँखा केन्द्रमा कार्यरत कर्मचारी झापाका पुजन राई विगत ३ महिनादेखि हराएको र हालसम्म पनि कुनै खबर नअाएकाेले खाेजि कार्य तिव्र गर्न दबाबस्वरूप बाह्रबिसे बजारमा विद्यार्थीहरुले उक्त विरोध र्‍याली गरेका हुन् ।

उक्त बिरोध र्‍यालीमा ने.बि. संघका क्षेत्रिय सभापति एवं अरनिको कलेज स्ववियु सभापति हेमन्त श्रेष्ठको प्रमुख उपस्थितिमा र ने.बि. संघका नेता राजगोपाल श्रेष्ठ, उमेश श्रेष्ठको उपस्थितिमा नारा झुलुस गरि हातमा ब्यानर, विभिन्न नारा लेखिएको प्लेकाड बोकि बाह्रबिसे बजार प्ररिक्रमा गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको