July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

३ महिनामा नेपालबाट ४० विदेशी नागरिक निष्कासन, सबैभन्दा बढी चिनियाँ

काठमाडौं, पछिल्लो तीन महिनामा नेपालबाट ४० विदेशी नागरिकलाई निष्कासन गरेको अध्यागमन विभागले जनाएको छ । कात्तिकदेखि पुससम्म कुल ४० जना नागरिकलाई नेपालले निष्काशन गरेको हो, जसमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् ।

सो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् । विभागको तथ्यांकअनुसार ओभस्टेको कसुरमा बढी चिनियाँ नागरिक नागरिक नेपालबाट निकालिएका छन् ।

यो अवधिमा नेपालबाट १३ जना नागरिक ओभरस्टेको कसुरमा देश निकालामा परेका छन् । मानव बेचबिखन र संगठित अपराधमा संलग्न रहेका ३ जना चिनियाँ नागरिकलाई समेत नेपालले देश निकाला गरेको छ ।

अन्य विविध कसुरमा भने ३ जना चिनियाँ नागरिक निष्कासन भएको विभागको तथ्यांकमा उल्लेख छ । यो अवधिमा ४ जना अमेरिकी नागरिक निष्काशनमा परेका छन् । जसमा ३ जना ओभरस्टेका कारण निकालिएका हुन् ।

एक जना लागुऔषधको कसुरमा निकालिएका छन् । अष्ट्रेलिया, यमन र पाकिस्तानका २ र २ जना नागरिकलाई नेपालबाट निकालेको छ ।

शीर्ष समाचार

धेरै पढिएको