July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

गोरखामा एकै परिवारका ३ जना मृत फेला

बारपाक, गोरखामा एकै परिवारका तीन जना सदस्य मृत फेला परेका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा सोमवार एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका हुन ।


८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ आज बिहान घरमै मृत फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

‘बिहान अवेरसम्म पनि घरको ढोका नखुलेको र मान्छेको चहलपहल पनि नभएपछि गाउँलेले ढोका खोलेर हेर्दा तीनै जना मृत अवस्थामा देखेछन्,’ एसपी सुरेन्द्र बहादुर गुरुङले भने, ‘हामीलाई खबर गरेपछि बारपाकको टोली घटनास्थल पुगेको छ ।’

मृतकहरुको मुखबाट फिज आएकाले विषालु च्याउ खाएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको एसपी गुरुङले बताए । ‘जौबारीबाट थप प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ, पोष्टमार्टमपछि मृत्युको कारण खुल्छ,’ उनले भने ।सभार अनलाइन खबर

शीर्ष समाचार

धेरै पढिएको