March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण सुरु

काठमाडौं, मेलम्ची खानेपानीको सोमबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको छ । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर परीक्षण सुरु गरिएको हो । 

खानेपानी मन्त्री मणि थापा, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका छन् ।


गत असारमै सुरुङमा पानी भरेर परीक्षण भएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको