March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

गोरखामा बस दुर्घटना हुँदा सात जना घाइते 

गोरखा, गोरखामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । गोरखाको आँबुखैरेनी सडक खण्डअन्तर्गत आज बाह्रकिलोमा बस दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले सञ्चारमाध्यमलाई बताएका छन्  ।

‘यात्रु कुर्ने क्रममा बसलाई स्टार्टमै राखेर चालक ओर्लेको रहेछ,’ ढकालले भने, ‘त्यही बेला गाडी एक्कासी गुड्न पुग्दा दुर्घटना भएको रहेछ ।’ केही यात्रुहरु भने गाडीबाट ओर्लन सफल भएको उनले बताए । चालक प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको