July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

कोरोना संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३६ पुग्यो

काठमाडौं, कोरोना संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको निधन भएको छ । यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

योसँगै  २१ देशमा निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ ।  गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाकाअनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

शीर्ष समाचार

धेरै पढिएको