July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान

काठमाडौं, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

उनी आज नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् । डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली गएको उनको सचिवालयले जनाएको छ ।

लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरेकाले डा भट्टराई उपचारका लागि दिल्ली गएका हुन् । उनको भारतस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको