मनोरञ्जनस्थल बन्ने क्रमले चराहरुमा असर, जलपन्छीको संख्या घट्दै

काठमाडौं, नेपालको सिमसार तथा तालतलैयामा आश्रित जलपन्छी र अन्य चराको संख्या घट्दै गएको पाइएको छ । हालै नेपालका १४ वटा ठाउँमा गरिएको जलपन्छीको गणनाले यस्तो देखाएको हो ।
पछिल्लो गणनाअनुसार तालतलैया तथा सिमसार क्षेत्रवरपर विकास निर्माण हुने र मनोरञ्जनस्थल बन्ने क्रमले चराहरुमा असर पर्दा संख्या घट्दै गएको विज्ञहरु बताउँछन् ।
उक्त गणनाको पुरै परिणाम प्राप्त भइनसके पनि पानीमा आश्रित चरा तथा जलपन्छीको संख्या भने घटेको पाइएको चराविज्ञ हेमसागर बरालले बताए ।
मुलुकमा करिब ८ सय ८७ प्रजातिका चराहरु पाइनेमा तीमध्ये नौ प्रजातिका चरा लाप भएको पाइएको छ । यस्तै, १ सय ६८ प्रजातिका चरा संकटापन्न अवस्थामा रहेको चराविज्ञ बरालले जानकारी दिएका छन् ।
नेपालमा पाइएका कुल चरामध्ये २ सय प्रजातिका पानीमा आश्रित छन् भने १ सय २० जति जलपन्छी भनिने वेडर प्रजातिका चरा छन् ।
प्रतिकृया दिनुहोस्