उर्लाबारी सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्युु

विराटनगर, पूर्वपश्चिमी राजमार्गअन्तर्गत मोरङको उर्लाबारी सडक खण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा उर्लाबारी ८ का २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् ।
उर्लाबारी–४ स्थित भद्रमारी सडक खण्डमा भएको सडक स्कुटरलाई ट्रकल ठक्कर दिँदा दुईको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक उद्वव पोखरेलका अनुसार पूर्वबाट आउँदै गरेको को ३१ प ५१ स्कुटरलाई विपरीत दिशाबाट आएको प्रदेश १–०१–००१क १०३५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रको ठक्करबाट स्कुटरमा सवार उनीहरु सख्त घाइते भएकोमा उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुराउने बित्तिक चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए । स्कुटरलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्