April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

प्रचण्डलाई प्रधानमन्त्री ओलीको व्यङ्ग्य: वैद्यबाट डाक्टर, डाक्टरबाट अब एउटा झाँक्री

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा ओली नेतृत्वका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल नेतृत्वका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” को माया लाग्ने बताएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डलाई व्यङ्ग्य गर्दै कहिले डाक्टर कहिले वैद्य त कहिले झाँक्रीको सहयोग लिने गरेको बताए । रामकुमारी झाँक्रीलाई संकेत गर्दै ओलीले अब प्रचण्डलाई ति झाँक्रीले पनि जोगाउन नसक्ने जिकिर गरे ।

ओलीले प्रचण्डलाई व्यङ्ग्य प्रहार गर्दै भने,
“प्रचण्डसँग पहिले वैद्य हुनुहुन्थ्यो, वैद्यले उहाँलाई छोड्नुभो, त्यसपछि उहाँले डाक्टर लिनुभयो । डाक्टरले पनि उहाँलाई छोड्नुभो । त्यसपछि अहिले एउटा झाँक्री लिनु भाछ । तर उहाँलाई अब झाँक्रीले बचाउँन सक्दैन । उहाँले नेपालको राजनीतिमा गलत बाटो छान्नुभो । विकासको बाटोमा तगारो र व्यवधान खडा गर्न खोज्नुभो । त्यसकारण उहाँले अब नेपालको राजनितीमा सफलता पाउन सम्भव छैन ।”

प्रधानमन्त्री ओलीले प्रचण्डमा अहंकार चढ्दै गएको र उनको अबको नियति असफलता मात्रै हुने बताएका छन् । शनिबार प्रदेश १ को विराटनगरमा आयोजित आमसभा सम्बोधनका क्रममा उनले भने, “सिध्धिसकेका र दुई चार सिटमा सिमित हुने प्रचण्डलाई ल्याएर फेरि मैले एउटा ठुलै जुरो हाल्दिएको थिए । ठूलो जुरो हाल्दिएपछी फेरि अलिकति सिङ हाल्दिएको थिए । लामा सिङ भएपछी उहाँमा अहंकार चढ्यो । उहाँले फेरि हामीलाई नै सिध्याउँछु भन्न थाल्नुभयो र उहाँको नियति अब असफलताबाहेक केहि हुन सक्दैन ।” 

प्रचण्ड-नेपाल समुहका एक जना अध्यक्ष पुष्पकमल दाहाललाई आफूतिरै फर्किन आग्रहसमेत गरेका ओलीले बाटो विराएकाहरुले दुःख पाउने चेतावनी दिए । ओलीले विगतमा जस्तै नेकपाकै अर्को समुहप्रति कटाक्ष गरे । ओलीले प्रचण्ड माधव समुहको भेलामा बल्ल बल्ल २–४ हजार व्यक्ति सहभागि भएको र याथार्थभन्दा बाहिर गएर भ्रम फैलाउने प्रयास गरेको बताए ।

स्तरीय सभा सम्बोधन गर्दै उनले ड्रोनहरुले पनि सभाको फोटो खिच्न नसकिरहेको बताए । ‘क्यामेरा र ड्रोनहरुले पनि फोटो खिच्न सकिरहेको छैन । आकाशमा चन्द्रमाले मात्रै देखिरहेको छ, यो सभा कत्रो छ भनेर’, ओलीले भने । प्रचण्ड-माधव समूहतर्फ संकेत गर्दै उनले मरिमेटेर दुई चार हजार भेला पारेकाहरुले सभा कस्तो हुन्छ हेर्न आउ भनेको भन्दै भने, ‘यता पनि नजर लगाउन आग्रह गर्छु ।’

उनले सुशासन र विकासको बाटोमा अघि बढ्ने बताउँदै त्यसमा कसैले पुर्‍याएको बाधा व्यवधानलाई पन्छाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली जनताको चेतना र एकताले नेपाललाई समृद्ध र सुखी नेपाल बनाएर छोड्ने उनको भनाइ छ । उनल्र भने, “हामी नेपाललाई सुखी र समृद्ध नेपाल बनाएरै चाहन्छौं । यस अभियानलाई कसैले रोक्न सक्दैन । हामी देशभर विकासको लहर ल्याइरहेका छौं । यहीँ पनि तपाइँहरुले देखिरहनु भएको छ । प्रहिलोपल्ट म प्रधानमन्त्री भएपछि यहाँ विराटनगरको जोकमनिदेखि  किमाथांकासम्मको बाटो र राजमार्गको परिकल्पना गर्‍यौं । अब केहि मिटर बाटो मात्रै ट्र्याक खोल्न बाँकी छ । अब अर्को वर्षसम्म बाटो किमाथांका पुग्छ ।”

किमाथांकाको बाटो पुगिसकेपछि चिनसँगको आवागमन कहिल्यै नरोकिने र यो सबैभन्दा अनुकूल बाटो हुने उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको