July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामी मार्च ७ मा हुने

सउल, समाज कोरियामा रहेका बाग्मती प्रदेश अन्तर्गतका संस्थाहरूको छाता संस्था “प्रदेश नम्बर तिन (बागमती) एकता समाज” दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामी मार्च ७ (आइतबार) मा हुने भएको छ । उक्त कार्यक्रम जुम भर्चुअल मार्फत सउलमा गरिने भएको हो ।

अधिवेशन आयोजक समितिका अनुसार सो अधिवेशनमा कोरियामा रहेका दशवटा जिल्ला संस्थाहरूबाट प्रतिनिधिहरु पठाउनेछ भने प्रदेशले दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति पाउनेछ ।

“देश विकासमा हाम्रो योगदान, एकताको सुत्रमा समृद्धिको उठान” भन्ने मुल नाराका साथ स्थापना भएको यस संस्थाले अधिवेशन समारोहमा संस्थाको आफ्नै वेबसाइट समुद्घाटन र लगानीको वातावरणबारे पनि बृहत छलफल गरिने बताएको छ ।

“कोभिड १९ को कारण सामाजिक संस्थाहरुको कार्यक्रम जुम भर्चुअल मार्फत भइरहेको छ । हाम्रो संस्थाको पनि यसरी नै हुन्छ” महासचिव राजेन्द्र दुलालले बताएका छन् ।

जिल्लाका संस्थाहरुले ई-मेल: p3uskorea@gmail.com को ई-मेल ठेगानामा आफ्नो प्रतिनिधिहरु दुई जनाको नामवलीसहित प्रदेशमा सिफारिस गर्नु पर्नेछ ।

जिल्लावाट प्रतिनिधि पठाउँदा ७ दिन भित्र पठाइसक्नु पर्ने हुन्छ । कार्यक्रममा नेपाल सरकारका विशिष्ट व्यक्तिको प्रमुख आतिथ्य, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र विशेष वक्ताहरुको उपस्थिति हुने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको